
सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको योजना छ ।एकातर्फ यसरी सिमकार्डसँग राष्ट्रिपत्र जोडिने भएपछि प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउन जरुरी भएको छ । अर्कोतर्फ एक जना व्यक्तिको नाममा दुई भन्दा धेरै सिमकार्ड हुन नहुने व्यवस्था नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।यति मात्र होइन, बैंक खाता, डिजिटल वालेट, इन्टरनेट तथा मोबाइल बैंकिङदेखि जीमेल, फेसबुक लगायतका सामाजिक सञ्जाल समेत मोबाइल नम्बरसँगै जोडिएका हुन्छन् ।
यस्तोमा तपाईंले प्रयोग गरिरहेको नम्बर अर्कैको नाममा छ भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।यसको अर्थ कुनै पनि बेला तपाईंले आफ्नो फेसबुक तथा जीमेल अकाउण्टको पहुँच गुमाउन सक्नुहुन्छ । अर्कोतर्फ तपाईंको नाममा रहेको सिम अरु कसैको नाममा रहेछ भने त्यस्तो नम्बरबाट कुनै किसिमको अपराधिक गतिविधि भएमा तपाईं कानूनी झमेलामा समेत पर्न सक्नुहुन्छ ।यदि तपाईंले अरु कसैको नम्बरको सिम कार्ड प्रयोग गरिरहनु भएको छ भने त्यस्तो नम्बरलाई सम्बन्धित व्यक्तिको सहयोगमा आफ्नो नाममा नामसारी गराउन सक्नुहुन्छ ।
तपाईं एनसेलको नम्बर प्रयोग गर्नुहुन्छ भने अब सहजै तपाईंले चलाइरहेको नम्बर कसको नाममा छ भन्ने जानकारी प्राप्त गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईंले आफ्नो मोबाइलमा *9966# डायल गर्नुपर्ने हुन्छ ।तपाईंले नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने आफूले प्रयोग गरिरहेको नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा थाहा पाउन *922# डायल गर्नुहोस् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।
कमेन्ट गर्नुहोस्