लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुद्रगण धार्मिक संस्थाको रक्तदानबाट २५७ पिन्ट रगत संकलन

IMG

तिलोत्तमा।  रुद्रगण धार्मिक संस्थाले पाँचवटा पालिकामा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट २५७ पिन्ट रगत संकलन गरेको छ । संस्थाले बुटवल, भैरहवा, तिलोत्तमा, लुम्बिनी र शुद्धोधनका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।


रक्तदानबाट संकलित रगतले रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीको जीवनरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मानवीय सेवा, सामाजिक उत्तरदायित्व र रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । ‘रक्तदान गरौँ, जीवनदान गरौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदाताप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

 

कमेन्ट गर्नुहोस्