लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सदाबहार नायक धिरेन शाक्यले गरे बुटवलमा ‘जम जम परफ्युम’को शोरुम उद्घाटन

IMG

बुटवल । नेपाली चलचित्रका सदाबहार नायक धिरेन शाक्यले बुटवलमा ‘जम जम परफ्युम’को नयाँ शोरुम उद्घाटन गरेका छन्। करिब ४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको शोरुम बुटवलस्थित भाटभटेनी सुपरमार्केटको साइडमा केएफसीसँगै खुलेको हो।बुटवलका सञ्चालक प्रविन भण्डारीको व्यवस्थापनमा फ्रेन्चाइज मोडलमा सञ्चालनमा आएको शोरुममा महिला तथा पुरुषका लागि विभिन्न प्रकारका परफ्युम उपलब्ध छन्। शोरुममा ५४ प्रकारका लेडिज तथा जेन्स परफ्युम पाइने सञ्चालकले जानकारी दिएका छन्।


शोरुमको उद्घाटन गर्दै नायक धिरेन शाक्यले दुई दाजुभाइले सुरु गरेको ‘जम जम परफ्युम’ व्यवसायले स्वास्थ्य, सुन्दरता र सुगन्धित जीवनशैलीसँग सम्बन्धित उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउने बताए। उनले परफ्युमले व्यक्तिको व्यक्तित्व र जीवनशैलीमा समेत आकर्षण थप्न सक्ने उल्लेख गर्दै व्यवसायको सफलताको शुभकामना व्यक्त गरे।फ्रेन्चाइजका रूपमा बुटवलमा विस्तार भएको ‘जम जम परफ्युम’को यो शाखासँगै नेपालमा शाखा संख्या सात पुगेको जनाइएको छ। कम्पनीले निकट भविष्यमै भैरहवामा समेत नयाँ शाखा सञ्चालन गर्ने तयारी गरेको छ।


बुटवलमा शोरुम सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले विभिन्न प्रकारका महिला तथा पुरुषका परफ्युम एउटै स्थानबाट छनोट गर्न पाउने भएका छन्। नयाँ शोरुमले सुगन्धसम्बन्धी उत्पादनको बजार विस्तारसँगै स्थानीय व्यापारिक गतिविधिमा समेत योगदान पुर्‍याउने बुटवलका संचालकको अपेक्षा छ।

कमेन्ट गर्नुहोस्