लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुहिक बचत तथा ऋण सहकारीको ३२ औ बार्षिक साधारणसभा सम्पन्न

IMG

शंकरनगर। सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शंकरनगरको रेडिसन होटलस्थित आइतबार सम्पन्न साधारण सभामा संस्थाको प्रगति, सहकारी क्षेत्रका समसामयिक चुनौती तथा ऋण व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो।


संस्थाका अध्यक्ष प्राथमणि आचार्यको सभापतित्वमा सम्पन्न साधारण सभाका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा संस्थाप्रति योगदान पुर्‍याउने उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। संस्थासँगको सदस्यहरूको निरन्तर आबद्धता र योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष प्राथमणि आचार्यले संस्थाको निरन्तर प्रगति र सफलताले सदस्यहरूमा समेत गर्व र विश्वासको भावना बढाउने उल्लेख गरे। संस्थाको विकास र उपलब्धिमा सदस्यहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।


सो अवसरमा बोल्दै सहकारी अभियन्ता तथा सरोकारवालाहरुले वर्तमान अवस्थामा सहकारी संस्थाहरूका लागि खराब ऋण व्यवस्थापन महत्वपूर्ण चुनौतीका रूपमा रहेको बताउँदै यसलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। ऋण असुली तथा जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन सके संस्थाको वित्तीय स्वास्थ्य थप मजबुत बन्ने उनीहरुले जनाएका थिए।


साधारण सभामा सहकारी क्षेत्रका विज्ञहरूबाट समसामयिक विषयमा चर्चासमेत गरिएको थियो। कार्यक्रमको सन्दर्भमा सहकारी ऐन, नियम तथा संस्थाको सञ्चालनमा देखिएका व्यावहारिक चुनौतीका विषयमा समेत सहभागीहरुले  आ आफ्नो धारणा राखेका थिए। १२ हजार २ सय ९० सदस्य रहेका सहकारीको प्रमुख कार्यालय संगै ४ वटा सेवा केन्द्र बाट सेवा सुचारु भएको छ। 


हाल संस्थाको शेयर पुँजी रु ३१ करोड २ लाख ८७ हजार ८ सय मात्र, शेयर सदस्यहरूको जम्मा निक्षेप रु २ अर्व ६६ करोड ५६ लाख ९० हजार १ सय २८ रुपैयाँ र ४२ पैसा मात्र र लगानीमा रहिरहेको कर्जा रु २ अर्व ४३ करोड ३७ लाख ३ हजार ४ सय २८ रुपैयाँ र ४८ पैसा मात्र रहेको छ । संस्थाको जगेडा कोषमा २९ करोड २३ लाख ८४ हजार ३ सय ६० रुपैयाँ ३७ पैसा मात्र र अन्य कोषहरूमा रहेको रकम रु १८ करोड ६५ लाख ६८ हजार ३ सय १८ रुपैया र ९७ पैसा मात्र गरी जम्मा रकम रु ४७ करोड ८९ लाख ५२ हजार ६ सय ७९ रुपैया र ३४ पैसा मात्र रहेको छ । संस्थाका उपाध्यक्ष भूमिलाल सापकोटाको स्वागत , कोशाधय्क्ष विष्णुहरी पन्थीको आर्थिक प्रतिबेदन, लेखा सुपरिबेक्षण समितिका संयोजक रघुनाथ ढकालको लेखा प्रतिबेदन रहेको कार्यक्रमको संचालन सचिव रेनुका खरेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्