लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल

IMG

कुञ्जलापुर। रुपन्देहीको उत्कृस्ट तिलोत्तमा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा बाबुराम पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ। गरपालिकामा आइपुगेका पौडेललाई कार्यकक्षमा कर्मचारीहरूले स्वागत गरेका छन् । नगरपालिकामा कर्मचारीहरूले पौडेललाई खादा तथा पुष्पगुच्छासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


नगरपालिकाका सूचना अधिकारी एवं प्रशासन प्रमुख इन्द्रदत्त सापकोटाका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पौडेल सोमबारदेखि कार्यालयमा उपस्थित भएका हुन् । यसअघि बर्दघाट नगरपालिकामा कार्यरत रहेका पौडेल नगरपालिकामा आएसँगै प्रशासनिक कामकाजले थप गति लिने अपेक्षा गरिएको छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको केही दिनअघि सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो । स्वागतका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने र नगरपालिकाको विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।उहाँले नगरपालिकाको प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।प्रमुख प्रसासकिय अधिकृत पौडेलको मंगलबार एक कार्यक्रमका बीच जनप्रतिनिधि र कर्मचारीहरुले संयुक्त रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ। 

कमेन्ट गर्नुहोस्