लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री गुरुङ नयाँ दिल्ली प्रस्थान

IMG

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । गृहमन्त्रीका रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो ।असोज २७ गते हुने बैठकमा नेपालसहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा लागूऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र आतङ्कवादजस्ता अन्तरदेशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।


नेपालका तर्फबाट भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढेको प्राकृतिक विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिइनेछ ।सन् २०१८ को काठमाण्डाै शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्चस्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो ।भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज २८ गते स्वदेश फर्कनुहुनेछ ।

कमेन्ट गर्नुहोस्