लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु इन्भारमेंट माविमा साहित्यिक साक्षात्कार एवं रचना वाचन कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा । शिक्षकहरूमा साहित्यप्रतिको रुचि अभिवृद्धि, सिर्जनशीलताको विकास तथा पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले न्यू इन्भारमेन्ट इङ्लिस सेकेन्डरी स्कुलमा साहित्यिक साक्षात्कार एवं रचना वाचन कार्यक्रम आयोजना भएको छ।


विभिन्न प्रख्यात कवि तथा साहित्यकारहरुको उपस्थितिमा विद्यालयको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपालसँगको सहकार्यमा सञ्चालन भएको सो कार्यक्रममा साहित्यिक व्यक्तित्व, साहित्यकार, शिक्षक तथा विद्यालयका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमको समुद्घाटन लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष एवं प्रमुख अतिथि ऋषि आजादले दीप प्रज्वलन तथा सरस्वती पूजासहित गर्नुभएको थियो। विद्यालय ब्यबस्थापन समितिका सदस्य घनश्याम ज्ञवाली, प्रबन्धक निर्देशक हरी न्यौपाने, साहित्यकार ऋषिराम भुसाल, श्याम न्यौपाने,ऋषि आजाद,लक्ष्मण ज्ञवाली लगायतको सहभागिता रहेको कार्यक्रममा आध्यात्मिक सत्रअन्तर्गत वेदमन्त्र, पञ्चस्तोत्र तथा श्लोक वाचन र पञ्चशील प्रतिज्ञा समेत गरिएको थियो।त्यसैगरी कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान, नगर गान, विद्यालय गान तथा स्वागत गीत प्रस्तुत गर्दै उपस्थित आगन्तुकलाई स्वागत नृत्यले स्वागत गरिएको थियो।


कार्यक्रममा विद्यालयका शिक्षक तथा केहि अभिभावकहरूले आफ्ना १५ वटा भन्दा बढी साहित्यिक रचना वाचन गर्नुभएको थियो भने प्रस्तुत कबिता गजल मुक्तकहरुको बिषयमा पुस्तक समीक्षा समेत प्रस्तुत गरिएको थियो। त्यस्तै, लुम्बिनी वाङ्मय प्रतिष्ठानका स्रष्टाहरूले गीत, गजल, कथा तथा कविता वाचनमार्फत साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो। 


विद्यालय व्यवस्थापन समिति, प्रबन्ध निर्देशक, प्राचार्य तथा सह–प्राचार्यहरू, लुम्बिनी वाङ्मय प्रतिष्ठानका पदाधिकारी, स्थानीय साहित्यिक व्यक्तित्व, साहित्यकार तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा साहित्य र शिक्षाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा बिद्यालयले गरेको छ। त्यसो त कार्यक्रमले शिक्षकहरूमा साहित्यप्रतिको अभिरुचि बढाउनुका साथै सिर्जनशील लेखन, पठन संस्कृति र अभिव्यक्ति क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास समेत गरिएको अध्यक्ष नेत्रलाल बनले गर्नुभयो। विद्यालय र साहित्यिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै साहित्यिक गतिविधिलाई शैक्षिक वातावरणसँग जोड्ने लक्ष्य लिइएको विद्यालयका प्राचार्य मधु प्रकाश ज्ञवालीले बताउनुभयो।कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच सामान्य जलपानसहित बडादशैँको  शुभकामना आदानप्रदान आपसी भेटघाट तथा साहित्यिक संवाद समेत गरिएको थियो। 


कार्यक्रममा उपस्थितहरुलाई विद्यालयका प्राचार्य मधु प्रकाश ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रलाल बनले धन्यवाद ज्ञापन  गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा उद्घोषण सदीक्षा (भगवती) न्यौपानेले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्