लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कक्षा नौ का विद्यार्थीहरूको प्रस्तुति तथा अन्तरक्रियासंगै न्यु इन्भारमेंटको बिशेष कार्यक्रम सम्पन्न

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमाको मुटु मणिग्राममा अबस्थित यस क्षेत्रकै उत्कृस्ट शैक्षिक प्रतिष्ठान न्यु इन्भारमेण्ट मावीले आफ्नो अतिरिक्त क्रियाकलाप सहितको शिक्षा दिने अभियानमा एक बिशेस कार्यक्रम सम्पन्न गरेको छ। न्यू इन्भारमेन्ट इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ९ का  विद्यार्थीहरूको प्रस्तुति एबं अभिभावक अन्तर्क्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कक्षा नौ का विद्यार्थी तृप्ति थापाको अध्यक्षता, विद्यालयका  प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा  सम्पन्न कार्यक्रममा प्राचार्य मधु प्रकाश ज्ञावली, उपप्राचार्यद्वय ध्रुव खरेल र पदम राना तथा मा बि तह इन्चार्ज नवीन ज्ञवाली लगायत शिक्षक एबम अभिभावकहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा छात्रा आयुष्मा छन्तेलको स्वागत मन्तव्य, पूर्णिमा पौडेल , आर्या श्रीष एबं रोस्मिका थापाको समुहले  सरस्वती वन्दना, पञ्च स्थोत्र, पञ्चशील प्रस्तुत गरेका थिए भने कार्यक्रमको पूर्ण संचालन विद्यार्थी प्रास्ना थापाले गर्नुभएको थियो।त्यसो त कार्यक्रममा विद्यालय गान  दीक्षा पौडेलको समुहले प्रस्तुत गरेका थिए।


विद्यार्थीहरूले पिपिटी प्रस्तुति, क्लब क्रियाकलाप, अंग्रेजी कबिता बाचन, नेपाली कविता बाचन, स्पीच प्रस्तुति, बुक रिभ्यु, एसक्युसी प्रस्तुति, गितार प्रस्तुति, भजन प्रस्तुति, वाद्यवादनतर्फ मादल,बासुरी, पियानो, हार्मोनियममा बिद्यार्थीहरुले आ आफ्नो प्रस्तुति राखेका थिए। साथै कक्षा नौ  का  विद्यार्थीहरूले विभिन्न छ वटा आकर्षक नृत्य प्रस्तुत गर्दै अभिभावकलिई मनोरंजन प्रदान गरेका थिए । यसैगरी कार्यक्रममा विज्ञान प्रदर्शनी एबं प्रस्तुतीकरण गरिमा भट्टराई एबं प्रास्ना थापाले गरेका थिए। 


कार्यक्रममा प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेले आफ्नो धारणा राख्दै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको सहकार्यको महत्त्वबारे प्रस्ट्याउनु भयो।त्यस्तै प्राचार्य मधु प्रकाश ज्ञवालीले ‘Good Parenting’ विषयमा अभिभावक केन्द्रित मोटिभेसनल तथा जिम्मेबारी र उत्तरदायित्व बोध गराउन बिशेस प्रस्तुति दिँदै सकारात्मक अभिभावकत्व, गुणस्तरीय पारिवारिक समय, संवाद, खेल, पढ्ने बानी, भावनात्मक सुरक्षा र सन्तुलित डिजिटल प्रयोगका विषयमा अभिभावकलाई मार्गदर्शन गर्नुभयो।


कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकाका प्रस्तुति प्रत्यक्ष अवलोकन गर्दै विद्यालयले साना बालबालिकाको क्षमता, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणका लागि गरिरहेको प्रयासको प्रशंसा गरेका थिए। साथै अभिभावकहरूले अन्तरक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सुझाव तथा अनुभवहरू शिक्षक बिद्यार्थी र संचालकबीच साझा गरेका थिए।करिव ३ महिना अघिदेखि कक्षागत रुपमा चलेको कार्यक्रमले विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्यबाट साना बालबालिकाको आजलाई खुसी, सिर्जनशील र अर्थपूर्ण बनाउँदै उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बिद्यालयले जनाएको छ। 

कमेन्ट गर्नुहोस्