लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका कोरोना संक्रमित वृद्धको ग्राण्डी अस्पतालमा मृत्यु

tillotmacitynews - 2020 Sep 21 07:56 PM
IMG

५ असोज, बुटवल । रुपन्देहीको देवदहका एकजना कोरोना संक्रमित वृद्धको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले पुष्टि गरे ।भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा भर्ना भएका थिए ।


स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भदौ २ गते ग्राण्डी अस्पताल पुर्‍याइएको थियो । परिवारका ८ जनामा कोरोना संक्रमण भएका मध्ये उनकी श्रीमती र छोराको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घरमा रहेका अन्य ५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय सामाजिक अगुवा गुमानसिंह कुँवरले बताए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्