लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा प्रथम अन्तरपालिकास्तरीय खुला कराते प्रतियोगिता उद्घाटन, करिब ३०० खेलाडी सहभागी

IMG

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमामा प्रथम अन्तरपालिका स्तरीय खुला कराते प्रतियोगिता–२०८३ को उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल सितोरिया संघ तिलोत्तमा डोजोको आयोजना, न्यू लाइट माध्यमिक विद्यालय तिलोत्तमा–१ शंकरनगरको सहआयोजना तथा तिलोत्तमा नगरपालिकाको संरक्षणमा आयोजित प्रतियोगितामा विभिन्न पालिकाका करिब ३०० विद्यार्थी खेलाडी सहभागी भएका छन् ।


तिलोत्तमा डोजोका अध्यक्ष सन्तु दंगोरिया थारूको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीको प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा न्यू लाइट माध्यमिक विद्यालयका प्राचार्य रमेश घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर गौतमलगायत जिल्ला तथा केन्द्रीयस्तरका सितोरियो कराते प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।  न्यु लाइट उच्च माविका अध्यक्ष खड्गबहादुर गौतम लगायत जिल्ला तथा केन्द्रीयस्तरका सितोरियो कराते प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नगरउपप्रमुखले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले खेलकुदको विकास र विशेषगरी कराते खेलको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै बजेटसमेत विनियोजन गर्दै आएको बताउनुभयो। उहाँले प्रतियोगिता आयोजना गरेकोमा तिलोत्तमा डोजोलाई धन्यवादसमेत व्यक्त गर्नुभएको थियो । मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता भोलि मंसिर १३ गते समापन हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्