लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्तोष पाण्डेय आएपछि लुम्बिनीमा कामले गति लिँदै, निषेधित क्षेत्रका पसल हटाइए

IMG

लुम्बिनी । लुम्बिनी विकास कोषको सदस्य सचिवको जिम्मेवारीमा सन्तोष पाण्डेय आएपछि लुम्बिनी क्षेत्रको व्यवस्थापन, सरसफाइ तथा गुरुयोजना कार्यान्वयनका कामले गति लिन थालेका छन्। कोषले पवित्र लुम्बिनी क्षेत्रको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निषेधित क्षेत्रमा सञ्चालनमा रहेका अनधिकृत पसल तथा संरचना हटाउने अभियान अघि बढाएको छ।


लुम्बिनी विकास कोषले २४ घण्टे सार्वजनिक सूचना जारी गरेपछि शनिबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा लुम्बिनीको पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा स्वीकृतिबिना राखिएका पसलहरू हटाएको हो।कोषले गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्व कायम राख्न, क्षेत्रको स्वच्छता र सौन्दर्य जोगाउन तथा लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न यस्तो कदम चालिएको जनाएको छ।निषेधित क्षेत्रमा आगामी दिनमा पनि स्वीकृतिबिना पसल सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम सामान जफत गरी आवश्यक कारबाही गरिने कोषले चेतावनी दिएको छ।


सदस्य सचिव पाण्डेयको नेतृत्वमा निषेधित क्षेत्रको अतिक्रमण नियन्त्रण, सरसफाइ, निर्माण तथा पूर्वाधार व्यवस्थापन र कोषअन्तर्गतका जमिनसम्बन्धी कामलाई समेत अघि बढाउने प्रयास भइरहेको छ। यसअघि काठमाडौंमा करिब तीन वर्ष पूर्वाधार विकाससम्बन्धी क्षेत्रमा काम गरेको अनुभव रहेका इन्जिनियर पाण्डेयबाट लुम्बिनीको गुरुयोजना कार्यान्वयन र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ।लुम्बिनी विश्वभरका बौद्धमार्गी तथा पर्यटकको महत्त्वपूर्ण गन्तव्य भएकाले यसको मौलिकता, पवित्रता र योजनाबद्ध विकास कायम राख्न कोषले थालेका कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ।


कमेन्ट गर्नुहोस्