लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो डिएमसी कपको उपाधी सम्झना युवा परिवारलाई, सयपत्री स्तब्ध

IMG

केवलानी। रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा शुरु भएको चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी सम्झना युवा परिवार मंगलापुरले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा सम्झाना युवा परिवारले सयपत्री एफसी बुटवललाई ० का बिरुद्ध ३ गोल गर्दै फाइनल खेलमा जित निकाल्दै उपाधि हासिल गरेको हो।


गौतम बुद्ध मावि केवलानीको खेलमैदानमा जारी प्रतियोगिता फ़ाइनल खेलमा उपाधि हासिल गर्ने तथा उपविजेता टिमलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले ट्रफी मेडल प्रमाणपत्र र नगद सहित सम्मान  गर्नुभयो।कार्यक्रममा बिशिस्ठ अतिथि वडा नम्बर ९ का अध्यक्ष ध्रुव न्यौपाने, वडा सदस्य मिस्सु शाही लगायतको  उपस्थिति रहेको थियो ।


सो अवसरमा बोल्दै नगर प्रमुख खाणले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खेलकुद तथा खेलाडीको प्रोत्साहन र सम्मानका लागि नगरपालिकाले उल्लेख्य लगानी गर्दै आएको उल्लेख गर्दै खेलकुदको विकासले खेल क्षेत्रलाई मात्रै नभई समग्र नगरको विकासमा समेत सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो।खाणले खेलकुद गतिविधि विस्तार हुँदा खेलमैदान, सडक, पूर्वाधार तथा अन्य विकासका संरचनासमेत निर्माण र स्तरोन्नति हुने भएकाले खेलकुदलाई समग्र विकाससँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो। साथै, स्थानीय स्तरमा क्रियाशील क्लबहरूको प्रवर्द्धन र संस्थागत विकासका लागि नगरपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय क्लब तथा खेलाडीहरूलाई निरन्तर सक्रिय रहँदै खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउन आग्रहसमेत गर्नुभयो।


प्रतियोगितामा विजेताले उपाधिसहित नगद ६० हजार हात पारेको छ भने उपविजेताले ३० हजार प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष छवी श्रीसले बताउनुभयो।त्यसबाहेक विधागततर्फ उत्कृस्ट गोल्किप्पर डिएमसीका महेन्द्र राना, हाइ स्करर सम्झना युवा परिवारका ८ गोल गर्ने निखिल नेपाली र बेस्ट प्लेयर  ओमासतियाका अस्मित बर्मालाई पनि नगद सहित ट्रफी र मेडल प्रदान गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिनुभयो। 

कमेन्ट गर्नुहोस्