लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तरुण दलको ७४औँ स्थापना दिवसमा मानव सेवा आश्रमका करिब २ सय जनालाई भोजन

IMG

तिलोत्तमा। नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तिलोत्तमा नगर समितिले मानव सेवा आश्रम मोक्षधाममा रहेका करिब २ सय जना बुवाआमा, दिदीबहिनी तथा दाजुभाइलाई भोजन गराएको छ।


स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल तरुण दलका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्वगृहमन्त्री बालकृष्ण खाण सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, नेपाली कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, नेपाल तरुण दलका पदाधिकारी, तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडा सभापति, पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगर सभापति नारायण ढकाल र प्रमुख अतिथि बालकृष्ण खाणले आफ्नो धारणा राख्नुभएको थियो। स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम आयोजना गरिएको हो।सो अवसरमा बोल्दै प्रमुख अतिथि बालकृष्ण खाणले तरुण दलको सामाजिक कार्यप्रति प्रशंशा गर्नुभएको थियो।


उहाँले मानव सेवा आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराउने कार्यले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सहयोगको भावनालाई प्रवर्द्धन गर्ने समेत बताउनुभएको छ। सो अवसरमा आफ्नो भनाई राख्दै तिलोत्तमा नगर सभापति नारायण ढकालले तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित यस कार्यक्रमले राजनीतिक तथा सामाजिक संस्थाहरूलाई मानवीय सेवाका गतिविधिमा सक्रिय हुन प्रेरित गर्ने बताउनुभएको छ।


कार्यक्रम नेपाल तरुण दलका कार्यवाहक सभापति ओमप्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल तरुण दलका संस्थापक अध्यक्ष खिम क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अर्जुन क्षेत्री ‘हापु’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।




कमेन्ट गर्नुहोस्