लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा अन्तरटोल विकासस्तरीय अन्डर–१४ फुटबल प्रतियोगिता सम्पन्न, मनकामना बाल समूह प्रथम

IMG

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ७ को आयोजनामा सञ्चालित अन्तरटोल विकासस्तरीय अन्डर–१४ (Under-14) ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। मंसिर १२ गते करहिया खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा मनकामना बाल समूह प्रथम र लोकेटर बाल समूह द्वितीय भएका छन्।


प्रतियोगिताको समापन वडा बालमैत्री सम्पर्क व्यक्ति तथा वडा सदस्य गणेश भण्डारीको अध्यक्षता र वडा अध्यक्ष देवीप्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।समापन कार्यक्रममा वडा सदस्य शोभाकान्त ढकाल, वडा सचिव सुधा पौडेल, तिलोत्तमा नगरपालिकाका नगर बालमैत्री समन्वयकर्ता शारदा घिमिरे, बालमैत्री सहजकर्ता विकास सुनार, सामाजिक व्यक्तित्व तथा युवा समाजसेवी रविन जोशी, विभिन्न टोल विकास संस्थाका अध्यक्षलगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शोभाकान्त ढकालले राख्नुभएको थियो भने सञ्चालन वडा बाल सञ्जालका सचिव अनुराग गौतमले गर्नुभएको थियो।प्रतियोगितामा प्रथम भएको मनकामना बाल समूह र द्वितीय भएको लोकेटर बाल समूहलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।प्रतियोगिताले बालबालिकामा खेलकुदप्रतिको रुचि र आकर्षण बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव, सहकार्य र खेल भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।बालबालिकाको प्रतिभा पहिचान तथा खेलकुदमार्फत उनीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।



कमेन्ट गर्नुहोस्