लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा बासुदेव बस्यालको खुला उम्मेदवारी

IMG

मणिग्राम। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बासुदेव बस्यालले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।खेलकुद क्षेत्रबाट आफ्नो पहिचान बनाएका बस्याल पूर्व साफ कराँते खेलाडी हुन्। उनी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते तथा कबड्डी खेलाडीका रूपमा समेत परिचित छन्। पछिल्लो समय उनी बडीबिल्डिङ खेलमा समेत सक्रिय रहँदै आएका छन्।


बासु भन्छन् :- पार्टीका सही निर्णयको सधैँ सम्मान गर्दै, अग्रज नेतृत्वप्रति उच्च सम्मान र युवा तथा जेन–जी पुस्तासँग निरन्तर सहकार्य गर्ने मेरो प्रतिबद्धता छ। पदलाई भजाउने होइन, त्यसले दिएको जिम्मेवारीलाई इमानदारी र निष्ठापूर्वक वहन गर्ने मान्यता राख्दछु। नेपाली कांग्रेस र समाजप्रतिको मेरो जिम्मेवारीलाई सदैव प्राथमिकतामा राख्नेछु। 


खेलकुद क्षेत्रमार्फत लामो समय योगदान पुर्‍याएका बस्याल सामाजिक सेवामा समेत क्रियाशील रहेको बताइएको छ। खेलकुदसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका बस्यालले अब नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीभित्र आफ्नो भूमिका अघि बढाउने उद्देश्यसहित खुलातर्फ उम्मेदवारी दिएका हुन्।


बस्यालले युवा, खेलकुद तथा सामाजिक क्षेत्रका अनुभवलाई पार्टी संगठनसँग जोड्दै सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्। उनको उम्मेदवारीसँगै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा खेलकुद क्षेत्रबाट आएका प्रतिनिधिको सहभागिता पनि चर्चामा आएको छ।

कमेन्ट गर्नुहोस्