
तिलोत्तमा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तिलोत्तमा नगर अधिवेशन नजिकिँदै गर्दा नगर कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी घोषणा गरिएको छ।
नगर सभापतिमा नारायण ढकाल, उपसभापतिमा रमेश पराजुली, महिला उपसभापतिमा शोभा राना, सचिवमा प्रदीप कुमार थापा र सहसचिवमा कोपिला काफ्लेले उम्मेदवारी घोषणा गरेका हुन्।वडा अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले नगर अधिवेशनको तयारी अघि बढाएको हो। नगर नेतृत्व चयनका विषयमा दिनभर भएको छलफलपछि पदाधिकारीका लागि उम्मेदवारी घोषणा गरिएको बताइएको छ।
घोषणा गरिएका उम्मेदवारहरूले नगर संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय कायम गर्दै संगठनलाई बलियो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनपछि गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशनको कार्यक्रम पनि तय गरिएको छ।
तिलोत्तमामा पनि वडा अधिवेशन सम्पन्न भएसँगै नगर नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। अब नगर अधिवेशनबाट नयाँ नगर कार्यसमिति चयन हुनेछ।
कमेन्ट गर्नुहोस्