लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिस्नु कपको सेमिफाइनल र फाइनल एक साता पछाडि सर्‍यो

IMG

कोटिहवा। अविरल वर्षाका कारण २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल र फाइनल खेल एक साता पछाडि सरेको छ।प्रतिकूल मौसमका कारण आज हुने तय भएको दोस्रो सेमिफाइनल खेल स्थगित गरिएको खेल संयोजक रोमन गुरुङले जानकारी दिए।पुनः निर्धारित तालिकाअनुसार दोस्रो सेमिफाइनल खेल आयोजक लिस्नु युवा क्लब र देवदह ब्वाइजबीच असोज १६ गते शुक्रबार हुने भएको छ। यस्तै, फाइनल खेल असोज १८ गते आइतबार हुने आयोजकले जनाएको छ।


मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको समग्र तालिका एक साता पछाडि सार्नुपरेको भन्दै आयोजकले खेलाडी, दर्शक तथा समर्थकप्रति पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।लिस्नु युवा क्लबका अध्यक्ष तीर्थराज मल्लले प्रतिकूल मौसमका कारण खेल तालिका परिवर्तन गर्नुपरेको जानकारी दिँदै प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथप्रति कृतज्ञता ब्यक्त गर्दै सहयोगको लागि आब्हान गरेका छन्।

कमेन्ट गर्नुहोस्