लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेस तिलोत्तमा नगरसभापतिमा नारायण ढकाल निर्वाचित

IMG

तिलोत्तमा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न तिलोत्तमा नगर अधिवेशनबाट नगर सभापतिमा नारायण ढकाल निर्वाचित भएका छन्।नगर अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन भएको हो। नगर नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनमा अर्का उम्मेदवार भेषराज पाण्डेलाई पछि पार्दै ढकाल नगर सभापतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा पाण्डेको १ सय ५९ मत मात्रै आएको छ भने ढकालले ३ सय २७ मत प्राप्त गरेका थिए। 


त्यस्तै, नगर उपसभापतिमा मिन प्रसाद अधिकारी (८१ मत ) लाई पछि पार्दै रमेश पराजुली ३ सय ३ मत सहित बिजयी भएका छन् भने महिला उपसभापतिमा सुनिता पाण्डे (१०२ मत ) लाई पछि पार्दै शोभा कुमारी राना ३ सय ३१ मत सहित निर्वाचित भएकि छन्। सचिवमा मिन प्रसाद देवकोटा (११६ मत ) लाइ पछि पार्दै ३ सय ६७ मतसहित प्रदीप कुमार थापा निर्वाचित भएका हुन् भने सहसचिवमा खिम कुमारी (१४५ मत ) लाई पछि पार्दै ३ सय २१ मत सहित कोपिला काफ्ले निर्वाचित भएकि हुन्।


वडा अधिवेशन सम्पन्न भएसँगै तिलोत्तमामा नगर नेतृत्व चयनका लागि राजनीतिक गतिविधि तीव्र बनेको थियो। विभिन्न चरणमा भएको छलफल तथा तयारीपछि नगर अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र बलियो बनाउने बताएका छन्। उनीहरूले नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउँदै संगठनलाई वडा तहसम्म थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनपछि गाउँ तथा नगर अधिवेशनको प्रक्रिया अघि बढेको हो। सोही क्रममा तिलोत्तमा नगरमा पनि नयाँ नेतृत्व चयन भएको हो।नवनिर्वाचित नगर कार्यसमितिले आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै संगठन विस्तार तथा कार्यकर्ता परिचालनमा जोड दिने नव निर्वाचित सभापति नारायण ढकालले जानकारी दिएका छन्। निर्वाचन बुधबार राती १२ बजे सम्म संचालन भएको थियो। 

कमेन्ट गर्नुहोस्