
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बैठक बस्नेछ ।प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्