लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा गाइजले गर्यो बिपद व्यवस्थापनका लागि पुर्व तयारी: संयन्त्र अलर्टमा

IMG

तिलोत्तमा । बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि तिलोत्तमा गाइजले सम्भावित विपद् पूर्वतयारी गरेको छ ।मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएपछि युव्काहरुको एक समूह तिलोत्तमा गाइजले सतर्कतासहित पूर्वतयारी गरेको हो ।


तिलोत्तमा र यस आसपासका क्षेत्रमा सम्भावित जोखिम नियन्त्रणका लागि उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न संयोजक पुजन केसीले निर्देशन दिएका छन ।वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै अगाडी बढिने संयोजक पुजन केसीले जानकारी दिए ।


संयोजक केसीले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन हुन निर्देशित गरेका हुन् । उनले आम नागरिकलाई उच्च सतर्कता अपनाउन समेत आग्रह पनि गरेका छन्।उनले सर्वसाधारणलाई सुरक्षित र सचेत रहन आह्वान गरेका हुन् ।भारी वर्षाको जोखिमलाई ध्यानमा राखेर तिलोत्तमा गाइजले अगाडिदेखि नै पूर्वतयारी थालेको उनले बताए । तिलोत्तमा नगरपालिकाको डुबान हुने क्षेत्रहरुमा सतर्कताका लागि तिलोत्तमा गाइजले सबैलाई सचेत गराएको छ। 

कमेन्ट गर्नुहोस्