लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदह ब्वाइज सेमिफाइनलमा, होराईजन वालिङ्ग २ गोलले पराजित

IMG

तिलोत्तमा। २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा होराईजन एफसी वालिङ्ग स्याङ्गजालाई १ का विरुद्ध ३ गोल गर्दै देवदह ब्वाइज,देवदह सेमिफाइनलमा प्रवेश गरेको छ।सेमिफ़ाइनलमा आयोजक संग भिड्ने पक्का भएको देवदहको सेमिफाइनल यात्रा सहज भने छैन। 


बुधबार तिलोत्तमा–१५ स्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा ३ गोल गरेपछि देवदह ब्वाइज सेमीफाईनलमा पुगेको हो। देवदह ब्वाइजका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै राम्रो गोल गरेका स्ट्राईकर जर्सी नं ३० का एरोन थापाले २ गोल गरेका थिए भने अर्को गोल जर्सी नम्बर ९ का रोजन दाहालले गरेका थिए। खेलमा पहिलो गोल गरेका जर्सी नम्बर ९ का रोजन दाहाल ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।


प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ।त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा खेलाडीलाई व्यक्तिगत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।


प्रतियोगिताअन्तर्गत बिहिबार मोन्स्टर गाइज नवलपरासी र कपिलबस्तु ११ बीच फाइनलखेलका लागि  प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्