लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेठ १५ गते आर्थिक वर्षको बजेट पेस हुने

IMG

काठमाडौँ, जेठ १३ गते । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।


प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५  बजे नै प्रतितिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो । 


नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।  गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो ।

कमेन्ट गर्नुहोस्