लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पौवा इन्भेष्टमेन्टको लगानी सम्मेलन सम्पन्न,सङ्कलित पूँजी होटल तथा कृषिमा लगानी गरिने

IMG

तिलोत्तमा । पौवा इन्भेष्टमेन्ट लिमिटेडको आयोजनामा आज तिलोत्तमाको योगिकुटीमा ‘लगानी सम्मेलन’ सम्पन्न भएको छ । “सानो लगानी, ठूलो आधार” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । कम्पनीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक केशवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।


मूलतः होटल पौवाले नेपालका सम्भावनायुक्त प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने योजना बनाएकोले त्यसमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यले इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । कार्यक्रममा कम्पनीको भावी योजना र लगानीका प्रस्तावबारे कम्पनीका प्रमुख युवराज पाठकले विस्तृत प्रस्तुतीकरण गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । यस्तै कम्पनीका सञ्चालक विष्णुप्रसाद ज्ञवालीले कम्पनीमा व्यक्तिगत लगानीको सीमा ५ देखि २५ लाखसम्म आगामी २ वर्ष भित्र लगानी गर्न सकिने बताउनुभयो ।


सङ्कलित पूँजी नयाँ खुल्ने होटल पौवाका शाखाहरू तथा अन्य उच्च सम्भावनायुक्त कृषि, पर्यटन, पूँजीबजार, आई. टी. जस्ता विविध क्षेत्रहरूमा लगानी गरिने सञ्चालक ध्रुवराज न्यौपानेले बताउनुभयो । उद्योगी, व्यापारी, बुद्धिजीवी, प्राध्यापक, पत्रकार, चिकित्सक, बैंकर, शिक्षक, इन्जिनियर लगायत समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा लगानीकर्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ । संकलित लगानीले मुलुकको आन्तरिक पर्यटन, आतिथ्य सत्कार क्षेत्र र उद्यमशीलतामा साना लगानीकर्ताहरूलाई जोड्दै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्