लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टाकुरा बचत तथा ऋण सहकारी तिलोत्तमा-१ को १५ औ साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा। टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । तिलोत्तमाको शान्तिचोकस्थित होटल दरबार लनमा भएको साधारणसभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सहित आगामी कार्ययोजना समेत सर्बसम्मत पारित गरेको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुँवरले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विरेन्द्र रानाले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति सदस्य शंकर गौतमले लेखा समितिको प्रतिवेदन पेश गनुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान अन्तर्गत ७५ बर्ष पुगेका शेयर सदस्यका ३ जना आमाबुबालाई सम्मान गरिएको थियो ।त्यस्तै सरकारी सेवामा नाम निकाल्न सफल सेयर सदस्य वा सदस्यका सन्तानलाई पनि सम्मान गर्नुका साथै उत्कृष्ट सदस्यता बिस्तार सम्मान र उत्कृष्ट ऋणी, छात्रवृत्तिमा नाम निकाल्न सफल बिद्यार्थी, बिद्याबारिधी गर्ने सदस्यलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता र संस्थापक अध्यक्ष गिरिराज बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव पशुपति चौधरीले गर्नुभएको थियो ।


संस्थाका उपाध्यक्ष खेमराज खनालले स्वागत गर्नुभएको कार्यक्रममा निर्वतमान अध्यक्ष तथा सल्लाहकार रमेश ज्ञवाली, सल्लाहकार गोपाल प्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।कार्यक्रममा प्रतिबेदंमाठी छलफल गर्दै सहभागीहरुले जिज्ञासा राखेका थिए भने त्यसको समाधान अध्यक्षद्वारा गरिएको थियो। आ.व. २०८२/८३ को अन्त्यसम्म संस्थाको कुल बचत ५ करोड ९ लाख ८० हजार ४ सय ७४ रुपैया रहेको छ भने कुल शेयर रकम ४५ लाख २४ हजार रहेको छ। कुल लगानी ३ करोड ८८ लाख ३७ हजार रहेको सस्थाको बैंक मौज्दात १ करोड ९० लाख २२ हजार रहेको व्यवस्थापक कविता कुँवरले जानकारी दिनुभएको छ। ५ सय १० जना सदस्य रहेको संस्थाको कार्यालय तिलोत्तमा-१ ड्राइभरटोलमा रहेको छ। 

कमेन्ट गर्नुहोस्