लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हौसला सहकारीको १५औँ साधारण सभा सम्पन्न, कुल पुँजी करिब ७ करोड

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, ज्योतिनगरमा रहेको हौसला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।करैया मक्रहर खानेपानी संस्थाको सभाहलमा आयोजित साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष रवीलाल पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष पाण्डेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, लेखा समिति सदस्य मडिराज गैरेले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष सुनील पाण्डेले कोषाध्यक्षको प्रतिवेदन र आर्थिक वर्ष २०८३/८४ को अनुमानित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रममा ज्येष्ठ सदस्य भगीरथी भण्डारीको प्रमुख आतिथ्यता तथा हिरादेवी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष भैरवलाल सुवेदी, करैया मक्रहर खानेपानी संस्थाका अध्यक्ष यज्ञमूर्ति गैरे, गोविन्द गौतम, मथुरा भण्डारी, ऋषिराम पाण्डे, डोलराज पाण्डे तथा केशवराज ढकाललगायतको सहभागिता रहेको थियो।संस्थाका सचिव ईश्वरी नेउपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष राधाकुमारी गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।सो अवसरमा संस्थाका सेयर सदस्यमध्ये दुई जना चिकित्सक तथा दन्त चिकित्सक, कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी र असल ऋणीलाई सम्मान गरिएको थियो।


तिलोत्तमा–८, ज्योतिनगरमा रहेर वित्तीय कारोबार गर्दै आएको संस्थामा हाल ४२५ जना सेयर सदस्य आबद्ध छन्। संस्थाको कुल पुँजी करिब ७ करोड रुपैयाँ रहेको छ भने ऋण लगानी ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। संस्थाले ५ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक तेजप्रसाद भट्टराईले जानकारी दिनुभयो।


कमेन्ट गर्नुहोस्