लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दन्त विज्ञान हाइजेनिष्ट संस्था नेपाल NDSHA र NDHA को प्रदेश भेला सम्पन्न

IMG

मिलनचोक । गएको ११ गते दन्त विज्ञान हाइजेनिष्ट संस्था नेपाल NDSHA  र NDHA  को संयुक्त लुम्बिनी प्रदेश भेला बुटवल मिलनचोक होटल डोल्से रेष्ट्रो एण्ड लाउन्जमा सम्पन्न भएको छ। दन्त विज्ञान हाइजेनिष्ट लुम्बिनि प्रदेशका संयोजक राजन रायमाझीको संयोजकत्वमा भएको उक्त भेलामा नयाँ कार्यसमिति गठन भएको थियो, जसमा अध्यक्ष गणेश शाही , उपाध्यक्ष राम प्रसाद खराल , हिम कुमार खनाल , महासचिव इन्द्र बहादुर राइ , सचिव केशव सिंह लावड , गोविन्द रावल , कृष्ण पोख्रेल, कोषाध्यक्ष रेशम पाण्डे , सह-कोषाध्यक्ष वसन्त अधिकारी, सदस्य संयोजक हुमलाल पन्थी चयन भएका छन।


कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण अधिकारीले डेन्टल हाइजेनिष्टको हक हितको लागि निरन्तर कार्य गर्दै आएको साथै संस्थाले विगत २३ वर्षदेखि अहिलेसम्म गरेको संघर्षको स्मरण गरे साथै अर्का पुर्व अध्यक्ष अमृत भुसालले डेन्टल क्लिनिकको सहि व्यावस्थापन कसरी गर्ने बारे जानकारी दिएका थिए। 



कमेन्ट गर्नुहोस्