लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयनबारे छलफल

IMG

काठमाडौँ, चैत १६ गते । स्वास्थ्य बीमा बोर्डको आयोजनामा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको छ ।


 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा सम्पन्न छलफलमा स्वास्थ्य बीमा सेवाको वर्तमान अवस्था, सेवा प्रदायकलाई गरिने भुक्तानी, सेवा प्रवाह तथा कार्यक्रमले सामना गरिरहेका चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो ।


छलफलका क्रममा कार्यक्रमको प्रभावकारिता बढाउन आवश्यक नीतिगत सुधार, सेवा प्रवाहमा देखिएका समस्याको समाधान तथा आगामी प्राथमिकताका विषयमा सहभागीले धारणा राखेका थिए ।


साथै, स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो ।कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्