लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व मुख स्वास्थ्य दिवसमा डेण्टल एसोसिएसन रुपन्देहीको रक्तदान,एक सातासम्म मनाईदै

IMG

तिलोत्तमा।  शुक्रबार विश्व मुख स्वास्थ्य दिवस २०२६ मनाईएको छ । यसै अवसरमा नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाले रक्तदान गरेको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीसंगकोे सहकार्यमा डेन्टल एसोसिएसनले रक्तदान कार्यक्रम गर्दै विश्व मुख स्वास्थ्य दिवसलाई सप्ताहव्यापि रुपमा मनाउन थालेको हो । 


कार्यक्रममा २४ युनिट रगत संकलन भएको डा. दिपेन्द्र पोख्रेलले बताउनुभयो । कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदानप्रति पछिल्लो समय आम नागरिकमा सचेतना बढेकोमा जोड दिनुभयो । उहाँले संघ यसमा संघ संस्थाहरुको ठुलो भुमिका रहेको समेत उल्लेख गर्नुभयो ।कार्यक्रममा डा. दिपेन्द्र पोख्रेल,डा. नेत्र भुसाल,डा. हेमन्तराज पाठक,डा. मुकेश सापकोटा,डा.प्रवेश गौतम,डा. आतिष पंगेनी,डा. आकाश कर्माचार्य,डा कृष्ण गैरे लगायतले मुख स्वास्थ्य सम्वन्धीको चेतना कम भउका कारण मुखसंग सम्वन्धित समस्याले विकराल रुप लिएको प्रति सचेत गराउनुभएको थियो  । 


साथै एशोसिएसनले रक्तदानसंगै नेपाल अपाङग आश्रम देवीनगरमा मुख स्वास्थ्य शिक्षा प्रदान,निशुल्क दन्त परिक्षण र परामर्श,दन्त स्वास्थ्य सामाग्री वितरण तथा खाद्यन्न वितरण कार्यक्रम समेत गरेको छ ।मुख स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत रहेर नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाले रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनको साझेदारीमा सप्ताहव्यापि मुख स्वास्थ्य सचेतना कार्यक्रम संचालन समेत गर्न लागेको छ । उक्त कार्यक्रम शुक्रबादेखि नै सुरु हुदैछ । 

कमेन्ट गर्नुहोस्