लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

औषधी उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य

IMG

काठमाडौँ, फागुन २९ गते ।नेपाल औषधी उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ।


नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधी उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपिसी)बीच यस्तो सहमति भएको हो। सहमति अनुसार दुवै पक्षले नेपाली औषधी उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। यसका साथै औषधी उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।


सम्झौतामा औषधी उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्‍याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।भारत सरकारको ईईपिसीसँगको यो साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

 


कमेन्ट गर्नुहोस्