लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु इन्भाइरन्मन्ट माविको ३२ औं बार्षिकोत्सव समारोह सम्पन्न

IMG

तिलोत्तमा। न्यू इन्भाइरन्मन्ट अंग्रेजी मावि तिलोत्तमा ५ मणिग्राम  ३२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले पुर्व प्राथमिक, प्राथमिक र मावि तहका विद्यार्थी भाई बहिनीहरुका लागी ३ दिनसम्म ३२ औं वार्षिकोत्सवको आयोजना गरि र मंगलबार अर्थात माघ २० गते मुल समारोह भब्य रुपमा सम्पन्न गरिएको प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।


बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले निजि स्तरबाट संचालित न्यु इन्भारमेण्ट मावि ले यस क्षेत्रको शैक्षिक बिकासमा निकै उत्कृस्ट भूमिका खेलेको बताउनुभयो । उहाँले सरकारले निजि स्तरका स्कुल , अस्पताल , कलेजहरुलाई लिजमा जग्गा या नीतिमै राखेर समजपयोगी कार्यका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो। बिद्यालयका अध्यक्ष नेत्रलाल बनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयमा लामो समय देखि कार्यरत शिक्षकहरु , उत्कृस्ट शिक्षकहरु, कर्मचारीहरु र उत्कृस्ट बिद्यार्थी एबम देश बिदेशमा नाम चम्काउन सफल रत्नहरुलाई सम्मान गरिएको थियो।  


सो अवसरमा बोल्दै यस क्षेत्रका अभिभावक बिद्यार्थी र शुभचिन्तककै प्रेरणा र सहयोगले बिद्यालय ३२ बर्ष पार गरेकोमा सबैलाई धन्यबाद दिंदै अध्यक्ष नेत्रलाल बनले आगामी दिअमा बिद्यालयमा अझै परिष्कृत गर्दै शैक्षिक उन्नयनका लागि उत्कृस्ट कार्य गर्ने बताउनुभयो। उहाँले सहयोगी सबैलाई धन्यबाद दिंदै बिद्यालयले यस क्षेत्रमा आफ्नो पहिचान अलग्गै बनाएको र ढुक्क भएर आफ्नो बालबालिकाको भविष्य निर्माण गर्न इन्भारमेंटलाई सदैव माया गर्नुपर्ने बताउनुभयो।  


यस क्षेत्र कै अग्रणी शैक्षिक संस्थाका रुपमा आफुलाई चिनाउँदै आएको विद्यालयले माघ १८, १९ र २० गते ३ दिनसम्म ३२ औं वार्षिकोत्सव मनाउने निर्णय गरेको थियो । सोही अनुशार मंगलबार मुल समारोहको आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनले जानकारी दिनुभयो । सोमबार अर्थात माघ १९ गते नर्सरी, एलकेजी, युकेजी तथा कक्षा १ का विद्यार्थी नानी बाबुहरुले विविध सांस्कृतिक रहनसहन र पहिरन सहितको नृत्य कार्यक्रममा सरिक भएका थिए ।


विविध भेषभुषा, पहिरन, रितिरिवाज र संस्कृतिमा आधारित रही कलात्मक नृत्य लगायतका विभिन्न कार्यक्रममा करीव ३ हजार विद्यार्थी र तिनका अभिभावक सरिक भएको विद्यालयले जनाएको छ । बार्षिकोत्सव मूल समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वन, प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, प्राचार्य मधुप्रकाश ज्ञवाली, सह-प्राचार्यद्धय ध्रुव खरेल र पदम बहादुर राना, विभिन्न स्थानिय बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवी, तथा अभिभावक लगायतको सहभागिता रहेको थियो ।

 


कमेन्ट गर्नुहोस्