
कुञ्जलापुर । एच.पि.भि खोप अभियान २०८२ सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलको स्वागत मन्तव्य राख्दै राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारेमा र पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागी दिइने एच.पि.भी.खोपको बारेमा जानकारी गराउनु भएको थियोे ।
उक्त खोप तिलोत्तमामा छिट्टै सञ्चालन हुने र त्यसको आधिकारिक सुचना केहि दिनमा प्रकाशित गर्ने शाखा प्रमुख पौडेलले जानकारी गराउनु भएको छ । विद्यार्थीहरुको हकमा कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ बर्ष उमेर समुहका छात्राहरुलाई एच.पि.भी.खोप लगाउने उहाँले जानकारी गराउनु भएको छ ।सो खोपका बारेमा अभिमुखीकरणमा सहजीकरण जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत प्रतिमा शर्माले गर्नुभएको थियो ।
एच.पि.भी.खोप सेवा बिद्यालयमा केन्द्रहरु स्थापना हुने र सबै छात्राहरूले सेवा पाउने जनस्वास्थ्य अधिकृत केशव भट्टराईले बताउनुभयो। विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले विद्यालय र स्वास्थ्य संस्था मार्फत सेवा पाउने समेत भट्टराईले बताउनुभएको छ।खोप अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने र सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ-आफ्नो तह र तप्काबाट प्रचार प्रसार गर्न समेत आग्रह गरेका थिए ।
कमेन्ट गर्नुहोस्