
बुटवल। नेपाली काँग्रेसको सुभेच्छुक संस्था, नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय महाधिवेशन रुपन्देहीमा हुने भएको छ।संघको सोमबार काठमाण्डौंमा बसेको केन्द्रीय समिति बैठकले यहि पुसको १०, ११ र १२ गते रुपन्देहीमा महाधिवेशन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य विश्वबन्दु विनयीले जानकारी गराउनु भयो ।
संघकी कार्यवाहक अध्यक्ष रमिला चौलागाईका अनुसार महाधिवेशनको बन्दसत्रमा पेश हुने सांगठनिक तथा आर्थिक प्रतिवेदन, विधानमा आवश्यक संशोधन लगायतका विषयमा अध्ययन र छलफल अगाडि बढाईएको छ ।त्यस्तै महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सबै कुरालाई चुस्त दुरुस्त रुपमा व्यवस्थापन गर्नेगरी केन्द्रीय समितिले काम गर्ने महासचिव दीपक भट्टले बताउनु भयो ।
केन्द्रीय समितिले रुपन्देहीमा गर्ने निर्णय गरेसंगै नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले स्थानीय व्यवस्थापन गर्ने छ । स्थानीय व्यवस्थापनका लागि केन्द्रको निर्णय अनुसार सबैलाई पायक पर्ने स्थानको खोजी लगायतका तयारीका काममा लागिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष समेत रहनुभएका नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद ढकालले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्