
मणिग्राम। अतिरिक्त क्रियाकलापमा एककदम अगाडी रहेको तिलोत्तमा मणिग्राममा रहेको न्यु इन्भाइरन्मेन्ट माविको आयोजनामा यस क्षेत्रमै विद्यार्थीलाई न्यु टेस्ट प्रदान गर्न ब्यान्ड च्याम्पियनसिप २०२५ सम्पन्न गरेको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत बिद्यालयले शुक्रबार न्यु इन्भाइरन्मेन्ट माविको आफ्नो प्राङ्गणमा विभिन्न बाजा सहितको समूह बिचमा सो प्रतियोगिता सम्पन्न गरेको प्रिन्सिपल मधु प्रकाश ज्ञवालीले बताउनुभयो।
न्यु इन्भाइरन्मेन्ट गितार क्लबकी अध्यक्ष जिया हमालको अध्यक्षता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र लाल वनको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। यस क्षेत्रका १५ वटा विद्यालयका समूह विद्यार्थीहरूले सहभागिता जनाएको सो प्रतियोगितामा प्रथम,द्वितीय तृतीय,सान्त्वना स्थान क्रमश एभरेष्ट बोर्डिङ, पश्चिमाञ्चल बोर्डिङ, न्यू होराइजन बोर्डिङ, लुम्बिनी वर्ल्ड स्कुलले प्राप्त गरेको थियो।
प्रतियोगितामा प्रथम द्वित्तीय तृतीय तथा सान्त्वना हुने सफल बिद्यालयका सबै प्रतियोगीहरुलाई पुरष्कार तथा ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा वसन्त श्रेष्ठ र मनिस गोदार रहनुभएको कार्यक्रम संयोजक किशोर बस्यालले बताउनुभयो । प्रान्जु अर्याल र जानबी थापाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य प्राचार्य मधुप्रकाश ज्ञवालीले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्