लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयमा २० दिने खाना बनाउने तालिम सुरु

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा -०५, मणिग्राममा रहेको न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई खाना पकाउने तालीम दिन थालीएको छ । विद्यार्थीहरुलाई कितावि ज्ञान मात्र हैन व्यवहारीक जान पनी सिकाउनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै उक्त तालीम दिन थालीएको स्कुलका प्राचार्य मधु प्रकाश जवालीले जानकारी दिनु भएको छ ।


तालीममा कक्षा ६-१० सम्मका करीब ६५० विद्यार्थीहरुले सहभागिता लिदै छन् । केभिङ् क्याफे तथा आरोमा हस्पिटालीटी कलेज अफ बुटवलमा कार्यरत कुशल प्रशिक्षक विनिता भुषालको प्रशिक्षणमा सञ्चालन हुन लागेको उक्त तालीम करीब २० दिन सम्म सञ्चालनमा रहने छ । तालीममा विद्यार्थीहरुलाई भान्छामा प्रयोग हुने विभिन्न परिकारहरु बनाउन सिकाईने प्रशिक्षक विनिता भुषालले जानकारी दिनु भएको छ ।


तालीमको सुरु दिन आज कक्षा ६ सगरमाथाका करीब ३५ जना विद्यार्थीहरु सहभागि रहेको र उनीहरुलाई डोनट बनाउने तालीम दिन थालीएको उहाँले बताउनु भएको छ। तालिम विहान ११ बजे देखि सुरु भएको थियो ।दैनिक ३ देखि ४ घण्टा सम्म सञ्चालन रहने उक्त तालीममा ६-१० कक्षा सम्मका करीब ६५० जना विद्यार्थीहरु सहभागिता रहने अतिरिक्त कियाकलाप प्रमुख यमकली मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्