
तिलोत्तमा । कृष्टल नलेज एकेडेमी तिलोत्तमा ९ मंगलापुरले २ दिने निशुल्क सुगर तथा मृगौला परिक्षण कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीका अभिभावकका लागी विद्यालय प्राँगणमा आयोजित शिविरमा शुक्रबार करिब ३ सय बढी अभिभावकले स्वास्थय परिक्षण गराएका छन भने बाँकी रहेका अभिभावकहरुको शनिबार स्वास्थ्य परिक्षण गर्ने कार्यतालिका मिलाइएको विद्यालयका संस्थापक प्राचार्य खेमेन्द्र रानाले जानकारी दिनुभयो ।
केन सेन्टर तिलोत्तमा २ शंकरनगरबाट आएका चिकित्सक सहितको टोलीले शिविरमा आएका सहभागी अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेको तथा कतिपयमा मृगौला सम्बन्धी समस्या देखिएको भन्दै केनका अध्यक्ष दिनेश कक्षपतिले बेला बेला स्वास्थ्य चेकजाँच गराए मृगौला सम्बन्धी सबै समस्याबाट मुक्त भइने बताउनुभयो ।शिविर शनिबार पनि जारी रहने विद्यालयका सहप्राचार्य विष्णु खनालले जानकारी दिनुभयो । विद्यँलयमा हाल साढे ७ यस विद्यार्थी अध्ययनरत छन ।
कमेन्ट गर्नुहोस्