लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु ईन्भारमेण्ट स्कुल मणिग्राममा सिकाई मेला सम्पन्न, अभिभावक खुसी

IMG

मणिग्राम। रुपन्देही जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउअ सफल तिलोत्तमाको मणिग्राम चोकदेखि १ सय मिटर पुर्व रहेको न्यु ईन्भारमेण्ट माध्यामिक बिद्यालयमा सन्चालन गरिएको एक दिने बिद्यालय स्तरिय सिकाई मेला सम्पन्न भएको छ |


शिक्षामा पहुँच पुर्याउने उदेश्यले ब्यबहारिक शिक्षा उजागर गर्ने उदेश्यले बिद्यालयको आयोजनामा सन्चालन गरिएको बिद्यालय स्तरिय सिकाई मेलामा शिक्षकहरुले बिद्यार्थिहरुको सिप कला दक्षता,एक आपसमा आदान प्रदान गर्ने,बिद्यालयमा पढाईमा प्रयोग हुने, स्थानिय शैक्षिक सामाग्रीहरु प्रदर्शन गर्ने, उत्पादनसग शिक्षालाई जोड दिने, साथै अभिभावक र विद्यार्थीको सम्बन्ध सहितको रमाइला २० बढी सिकाईशाला र मनोरन्जनात्मक खेल सहित सम्पन भएको हो।सिकाई मेलाको अबलोकन गर्न २२ सय बढी बिद्यार्थी र अभिभावक एबम बिद्यालय ब्यबस्थापन समिति, शुभचिन्तकहरु आएका थिए। यो मेलाले समग्र बिद्यालयमा अध्यययनरत बिद्यार्थीहरुमा मात्रै नभएर अभिभावक र शिक्षकमा समेत शिक्षा क्षेत्रलाई माथि उकास्ने बिद्यालयका प्रिन्सिपल मधुप्रकास ज्ञवालीले बताए।


शैक्षिक तथा प्रयोगात्मक हिसाबले आयोजना गरिएको यस्तो खालको कार्यक्रमले समग्र बिद्यालयको सिकाई प्रणालीमा आधुनिकता र ब्यबहारिकता तथा रोजगारमूलक शिक्षाको उदय गर्ने बिद्यालयका अध्यक्ष नेत्रलाल बनले बताए। विद्यालय स्तरिय सिकाई मेलाको स्टलमा पढाई लेखाईमा प्रयोग हुने स्थानिय उत्पादन, शिक्षिक क्रियाकलाप, अभिभावक खेल, बिद्यालयमा सिकाइका क्रियाकलापलाई प्रयोगात्मक हिसाबले तयार पारिएका शैक्षिक सामाग्री,अध्ययन अवलोकन गरेको देखे पछि बिद्यार्थी तथा शिक्षक एबम अभिभावक समेत निकै खुसी भएका थिए।

कमेन्ट गर्नुहोस्