लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिलिजुलीको शुभकामना आदानप्रदान तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

IMG

शिवचोक। मिलिजुली क्लव तिलोत्तमा १ शंकरनगर रुपन्देहीको आयोजनामा बिहिबार शुभकामना आदानप्रदान तथा ट्राफिक सचेतना सम्बन्धी १ दिने चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउदै सुरक्षा सचेतना सम्बन्धी जानकारी दिने उद्धेश्यसहित ट्राफिक सचेतना सम्बन्धी एक दिने कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तिलोत्तमा वडा न १ का अध्यक्ष फर्सुराम गिरीले सडक प्रयोगकर्ता सबैले जान्नै पर्ने ट्राफिक नियम, तथा सडक हिड्दा अपनाउनुपर्ने सावधानी, र संभावित दुर्घटनाबाट हुनसक्ने क्षति लगायतका विषयमा सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम गरेर क्लवले पुन्यको काम गरेका बताउनुभयो । सो अवसरमा कार्यक्रमका बिशिष्ठ अतिथि इप्रका बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर राना, अतिथिहरु तिलोत्तमा-१ का जनप्रतिनिधी विष्णु प्रसाद पाण्डे, शिवटोल टोल विकाश संस्थाका अध्यक्ष तुलसी गौतम, नमुना टोल विकाश संस्थाका अध्यक्ष छब बहादुर भण्डारी, आनन्दवन शंकरनगर खानेपानी तथा उपभोक्ता संस्थाका उपाध्यक्ष तामनाथ पाण्डे, अमुल्यनगर टोल विकाश संस्थाका अध्यक्ष सालिकराम अर्याल, क्लवका पदाधिकारी, सल्लाहकार, समाजसेवी तथा स्थानिय लगायतको उल्लेख्य सहभागिता रहेको थियो। 

कमेन्ट गर्नुहोस्