लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगरमा मिलिजुलि क्लबद्वारा बृहत रक्तदान र स्वास्थ्य परीक्षण, ९७ युनिट रगत संकलन

IMG

शंकरनगर । मिलिजुलि क्लब शंकरनगरले तिलोत्तमा नगरपालिका र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। तिलोत्तमा–१, शिवचोकस्थित शिव मन्दिरमा आयोजित कार्यक्रममा रक्तदानसहित ९७ युनिट रगत संकलन गरिएको छ।


जिल्लामा हालै रगतको अभाव भएको जानकारी पाएपछि क्लबले रक्तदान अभियान आयोजना गरेको हो। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रक्तदातालाई ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको थियो।उहाँले मानवसेवा जीवनको उत्कृष्ट सेवा भएको बताउँदै क्लबको यो पहल अन्य संघसंस्था र युवापुस्ताका लागि प्रेरणादायी हुने उल्लेख गर्नुभयो। नगरपालिकाले निशुल्क रगत वितरण सेवा सञ्चालन गरिरहेको जानकारी पनि दिनुभयो।


सो अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख पंछ बहादुर तामाङले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानमा कम्पनी निरन्तर साझेदार रहने प्रतिबद्धता जनाउनुभयो।कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष ईश्वर पाण्डेले गर्नुभएको थियो। उहाँले रक्तदानलाई नियमित अभियानका रूपमा अगाडि बढाउने लक्ष्य राखिएको र सामूहिक प्रयासले मात्र रगत अभावको समस्या समाधान गर्न सकिने बताउनुभयो।नेपाल रेडक्रस सोसाइटी रुपन्देही रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ९७ युनिट रगत संकलन भएको कार्यक्रमका सचिव प्रविन गौतमले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्