लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रक्षा आयुर्वेदिकका संचालकद्वारा टोलवासीलाई निःशुल्क बिरुवा वितरण

IMG

मणिग्राम। तिलोत्तमा नगरपालिका-९, प्लटलाइन टोलका बासिन्दाहरूलाई रक्षा आयुर्वेदिक औषधालयका सञ्चालक तथा प्लटलाइन टोल विकास संस्थाका निवर्तमान उपाध्यक्ष शालिकराम भुसालबाट निःशुल्क बिरुवा वितरण गरेकाछन्। टोलमा बसोबास गर्ने १५० घरधुरीलाई भुसालले आयुर्वेदिक र वास्तुशास्त्रका दृष्टिले महत्त्वपूर्ण मानिएका बिरुवाहरू वितरण गरेका हुन्।


बितरण गरिएका बिरुवाहरूमा धूपी, अम्बा, अमला, निम, बेल, दालचिनी लगायतका प्रजाति रहेका छन्। विरूवा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय लक्ष्मण बस्यालले शालिकराम भुसालको यो कार्यलाई ‘धेरै राम्रो र महत्त्वपूर्ण पुण्य कार्य’ भन्दै प्रशंसा गरेका थिए।यसैगरी, सोही टोलकी जानकी चौधरीले आफूहरू ५० वर्षदेखि सोही ठाउँमा बसे पनि पहिलो पटक यसरी निःशुल्क विरूवा प्राप्त गरेकोमा अत्यन्त खुसी भएको बताइन्। वितरण गरिएका विरूवाको वृक्षरोपण भई राम्राेसँग हुर्किए वातावरणको संरक्षण हुनुका साथै विरूवा वितरण कार्यले टोलवासीमा खुसी र सकारात्मक ऊर्जा सञ्चार गरेको छ।


कमेन्ट गर्नुहोस्