लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विजनेश इन्कुवेशनमा सहभागिलाई रेकर्ड किपिङ सम्बन्धि कोचिङ

IMG

मझुवा। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रम अन्तरगत सहभागिलाई छैठौं मास्टर क्लास र रेकर्ड किपिङ सम्बन्धि कोचिङ गरिएको छ ।संघमा स्थापना गरिएको उद्यम सम्वद्र्धन केन्द्रमा शुक्रबार सञ्चालन गरिएको मास्टर क्लास र रेकर्ड किपिङ सम्बन्धि कोचिङमा संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए विष्णु वेलवासे, सिए विष्णु भण्डारी तथा इम्प्याक्ट हव काठमाण्डौका कार्यक्रम अधिकृत केशव ढकालले प्रशिक्षण गर्नुभएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।


बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर गत जेठ महिनादेखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहयोग तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रममा १५ जना नवउद्यमी सहभागि छ ।विजनेश इन्कुवेशन कार्यक्रम अन्तरगत यस अगाडि ५ वटा मास्टर क्लास तथा प्रत्येक उद्यम तथा व्यवसायको स्वास्थ्य जाँच गरिसकिएको छ । संघले उद्यमशिलता विकासका लागि नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कमेन्ट गर्नुहोस्