लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने

IMG

तिलोत्तमा । बुटवलमा प्रदेश स्तरीय शैक्षिक सम्मेलन हुने भएको छ । काठमाण्डौं विश्वविद्यालय र प्याब्सन रुपन्देहीको संयुक्त आयोजनामा असार २८ गते शनिबार बुटवलमा शैक्षिक सम्मेलनको आयोजना गरिएको निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । खनालले सम्मेलनमा ३०० बढी शिक्षक, प्रतिनिधी, खोजकर्ता, शिक्षाविद एवँ सरोकारवालाहरुको सहभागिता रहने बताउनुभयो । 


काठमाण्र्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा बालचन्द्र लुइटेल मुख्य वक्ताको रुपमा रहनुभएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवँ भौतिक पुर्वाधार विकाशमन्त्री भुमिश्वर ढकालले गर्ने तय भएको प्याब्सन रुपन्देही सचिव चन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा ५ वटा कार्यशाला र करिव २० वटा भन्दा बढी खोजपत्र पेश हुनेछन । र्शक्षिक क्षेत्रमा रुपान्तरणाचत्मक अभ्यासको विषयमा समुहगत छलफल चलाउने गरि कार्यक्रम तय गरिएको सचिव अधिकारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्