लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी सिटी कलेजमा पुरस्कार वितरण समारोह सम्पन्न

IMG

ड्राइभरटोल // तिलोत्तमा नगरपालिका ४ मा रहेको लुम्बिनी सिटी कलेजले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। ड्राइभरटोल स्थित SR Hotel मा शुक्रबार का दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा २०८१ सालभरि भएका अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलकुदमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थी एवं त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेस्टर परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।


कलेजको B.Sc.CSIT कार्यक्रमका कार्यक्रम संयोजक सुजन ढकाल को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. गणेशप्रसाद पाठकको प्रमुख आतिथ्यता रहेको थियो भने सञ्चालक समितिका सदस्य भरतराज भुसाल, नेत्रप्रसाद पाठक लगायत कलेजका प्राध्यापकहरु को आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका लेखा शाखा प्रमुख कृष्ण भुषालले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. गणेशप्रसाद पाठकले कलेजमा सञ्चालित B.Sc.CSIT,BIM र BCA तीनवटै कार्यक्रमका शैक्षिक गतिविधिमा उत्कृष्ट हुने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्