लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तिलोत्तमामा एस.क्यू.सी. सहजकर्ता तालिम शुरु

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेखि शिक्षकहरुका लागि एस.क्यू. सी सहजकर्ता तालिम शुरु भएको छ । क्वेष्ट नेपालको आयोजना तथा रुपन्देही हव र तिलोत्तमा प्याव्सनको सह–आयोजनामा सञ्चालित तालिममा तिलोत्तमा र बुटवलका गरि झण्डै २ दर्जन शिक्षकहरुको सहभागिता रहेको छ । तीन दिन सम्म चल्ने तालिममा बिद्यार्थी गुणीय चक्रको अध्ययन अनुसन्धान बिधिको बारेमा प्रयोगात्मक प्रशिक्षण दिइने एस.क्यू.सी.को रुपन्देही हवका सचिव सुर्य पौडेलले जानकारी दिनुभयो ।


क्वेष्ट नेपालका सल्लाहकार तथा प्याव्सन तिलोत्तमाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, प्याव्सन नेपालका केन्द्रिय सदस्य खेमेन्द्र रानाको प्रमुख आतिथ्यता र प्याव्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा क्वेष्ट नेपाल रुपन्देही हवका संयोजक प्रभात के.सीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रानाले विद्यार्थीको सर्वांगीण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एस क्यू सी को अहं भूमिका हुने भएकोले हरेक विद्यालयमा एस क्यू सी अनिवार्य हुनुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा क्वेष्ट नेपालका सल्लाहकार दिपक गौतम, रुपन्देही हवका सल्लाहकार ध्रुव खरेल र रुपन्देही हवका संयोजक प्रभात के.सी.ले प्रशिक्षण दिनुभएको क्वेष्ट नेपालका मास्टर ट्रेनर बाबुराम गैरेले जानकारी दिनुभयो । तालिम आगामी आईतवारसम्म सञ्चालन हुनेछ ।

कमेन्ट गर्नुहोस्