लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्रिटिस ग्रामर स्कुल नमस्ते एकेडेमीका ३ सय विद्यार्थीलाई बेल्ट वितरण

IMG

तिलोत्तमा।ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमी) तिलोत्तमाका ३ सय जना करांतेका विद्यार्थी खेलाडीलाई बेल्ट वितरण गरेको छ। वादेरियो करांते दो संघका केन्द्रिय अध्यक्ष एबम  नेपाल करांते महासंघका केन्द्रिय उपाध्यक्ष हरिशरण केसीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सो खेलमा दिक्षित भएका ३ सय जना खेलाडीलाई बेल्ट वितरण गरीएको हो । खेलाडीलाई प्रमुख अतिथि केसी सहित प्रिन्सिपल दिल बहादुर बुढाथोकी, उमेश कंडेल लगायतका शिक्षकले बेल्ट प्रदान गरेका थिए ।


कार्यक्रममा आफ्नो बिचार राख्दै बोल्दै  वादेरियो करांते दो संघका लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष हरिशरण केसीले खेल जगत मार्फत स्वास्थ्य र राष्ट्रका लागि योगदान गर्न सकिने र देश बिदेशमा आफ्नो र देशको नाम चम्काउन सकिने बताएका थिए।उनले स-साना खेलाडीलाई ग्रासरुट लेभलबाटै माथि उकास्न सके खेलमार्फत पनि ठुलो योगदान गर्न सकिने र त्यसको सम्भावना देशमा रहेको बताए। 


सो अवसरमा बोल्दै प्रिन्सिपल बुढाथोकीले बिद्यालयका बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा प्रस्फुटन गर्दै स्वास्थ्य र राष्ट्रका लागि योगदान गर्न सक्ने बनाउन बिद्यालयले यस्तो खालको खेलहरुलाई प्राथमिकता दिंदै आएको समेत बताए ।उनले शारीरिक मात्रै नभई मानसिक रुपले समेत विद्यार्थीको बिकास हुनुपर्ने बताउदै यस्ता खेलले समग्र बिकासमा सहयोग पुग्ने बताए। अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन भै शिक्षा र स्वास्थ्यसंगै मानसिक बिकासमा समेत टेवा पुग्ने अतिरिक्त क्रियाकलापका संयोजक दिनेश चापागाईंले बताए। 

कमेन्ट गर्नुहोस्