लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विन्ध्यवासिनी त्रिदेवी मन्दिर तिलोत्तमा-८ मा श्रीमद् देवी भागवत महापुराण एवम् तण्डुलाचल ज्ञान महायज्ञ शुरू

IMG

मणिग्राम । फाल्गुण २२ गते  । तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीस्थित विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा (बिहीबार) देखि श्रीमद् देवी भागवत महापुराण एवम् तण्डुलाचल ज्ञान महायज्ञ शुरू भएको छ ।श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले महायज्ञ समुद्घाटन गर्दै सन्तान र सन्ततिको सुरक्षाको लागि चाहिने संस्कारका लागि यज्ञ र आध्यात्म उत्तम मार्ग भएको उल्लेख गर्नुभयो । आफ्नो दुर्लभ जन्मको कारण वा उद्देश्य बुझ्न सकेका मानिसले यस्तै कार्यबाट समाजको कल्याण गर्नेसमेत उहाँले बताउनुभयो।


कार्यक्रममा कथाका प्रमुख वाचक आचार्य चैतन्यकृष्ण प्रभूले पूर्वीय दर्शनका ज्ञान विज्ञानलाई महायज्ञका मद्दतले जनमानसमा पु¥याउन सकिने बताउनुभयो ।सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पर्यटकीय क्षेत्रको विकाश नगरपालिकाको पनि उद्देश्य भएकोले विगतदेखि नै नगरपालिकाले त्यहाँ सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै, महायज्ञमा पनि आवश्यक सरसल्लाह पछि सहयोग गर्ने उल्लेख गर्नुभयो ।


यज्ञ आयोजक समितिका अध्यक्ष तुल्सीराम खरेलको अध्यक्षतामा भएको महायज्ञ समुद्घाटन कार्यक्रमका वक्ताहरूले विन्ध्यवासिनी मन्दिर क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय र ध्यानकेन्द्र सहित सभ्यताको प्रतीक समेत भएकोले सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।यज्ञ सचिवालय सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालन र उपाध्यक्ष शान्ता बस्याल भट्टराईको स्वागतमा भएको कार्यक्रमा तिलोत्तमा ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, आयोजक समितिका प्रमुख सल्लाहकार मोहनराज शर्मा, मञ्जरी सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसाल, ज्योति जागृति आमा समूहका उषा घिमिरे लगायतले बोल्नुभएको थियो ।


कमेन्ट गर्नुहोस्