
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा र विश्वविख्यात क्याम्ब्रिज युनिभर्सिटी युकेको सम्बन्धनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही ( नमस्ते एकडेमीमा ) को कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरु यसै वर्षको अन्त्यमा हुने क्याम्ब्रिज युनिभर्सिटी May - june Grade -5 क्याम्ब्रिज चेक पोइन्ट परीक्षामा सहभागी हुने भएका छन । आज विद्यालयमा आयोजित क्याम्ब्रिज इन्फो सेसन तथा अभिभावक अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । इन्फोसेसनमा क्याम्ब्रिज किन र यसको उद्देश्य लगायतका विषयमा अस्ट्रियन प्रशिक्षक बियान्का बर्मर, ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पउल क्लिप्स( भिडियो सन्देशमार्फत ) स्कुल हेड अरुणकुमार कँडेल, प्राचार्य दिलबहादुर बुढाथोकी लगायतले कक्षा १ देखि ७ सम्मका अभिभावकलाई प्रशिक्षण सहित अभिमूखीकरण गर्नु भएको थियो।
अभिमूखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक बियान्का बर्मरले क्याम्ब्रिज करिकुलम संसारको सबैभन्दा उत्कृष्ट , विश्वबजारमा बिक्न सक्ने , समाज सापेक्ष र बालमैत्री करिकुलम भएकाे कुरा बताइन ।विद्यालयले सन २०२२ देखि क्याम्ब्रिज युनिभर्सिटीको स्कुल पाथवय कार्यक्रम कक्षा १ देखि ७ सम्म सञ्चालन गरेको र सो अत्यन्तै प्रभावकारी रहेको विद्यालयका cambridge support head co-ordinator लिलामणि पाण्डेले जानकारी गराए ।विद्यालयले क्रमिक रुपमा आगामी वर्षदेखि कक्षा ८ हुँदै १० कक्षा सम्मका इच्छुक विद्यार्थीहरुलाई IGSSE को कार्यक्रममा सहभागी गराउँदै लैजाने विद्यालयको नीति रहेको ब्रिटिस ग्रामर स्कुलका स्कुल्स हेड अरुण कुमार कँडेलले आयोजित कार्यक्रममा जानकारी दिए ।क्याम्ब्रिज करिकुलम , यसको प्रभाव र विद्यालयको आगामी रणनीतिका बारेमा विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले बताए ।
क्यम्ब्रिज इन्फोसेसनमा विभिन्न कक्षाका विद्यार्थीले क्याम्ब्रिज करिकुलमले आफू जीवन ,शैक्षिक क्रियाकलापलाई के कस्तो प्रभाव पारेको छ अनि यसका सबल पक्षका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए भने कक्षा १ देखि ७ सम्मका अंग्रेजी , गणित र विज्ञानका शिक्षकले आफ्नोतर्फबाट गरिएका शैक्षणिक क्रियाकलाप र यसले विद्यार्थी तथा अभिभावकलाई पारेको प्रभावका बारेमा चर्चा गरेका थिए ।
क्याम्बिज इन्फो सेसनमा अभिभावकहरुले क्याम्ब्रिज करिकुलमले विद्यार्थीमा सृजनात्मक सोच , नव प्रवर्द्धन , तिब्र निर्णय क्षमता र जीवनउपयोगी शिक्षण कार्यमा सरिक गराएकोमा प्रशन्नता व्यक्त गरे । अभिभावक गौतम भुसाल र भगवती वेलवासे पोखरेलले ब्रिटिस ग्रामर स्कुलले घरदैलोमा अन्तर्राष्ट्रिय स्तरको करिकुलम पढाएर आफ्ना नानीबाबुको भविष्य उज्ज्वल बनाउन लागिपरेकाले सबै अभिभावकले मन , मुटुवाट विद्यालयलाई साथ दिनु पर्ने धारणा राखे ।ब्रिटिस ग्रामर स्कुलका स्कुल्स हेड अरुणकुमार कँडेलको अध्यक्षता संस्थापक अध्यक्ष तथा निर्देशक विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको अभिमूखीकरण कार्यक्रममा विद्यालयकी निर्देशक पुष्पा कँडेल , सञ्चालक श्यामलाल खरेल , व्यवस्थापक उमेश कँडेल लगायतको उपस्थिति रहेको थियो ।बिचबिचमा साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको यस इन्फोसेसन तथा अभिमुखीकरण कार्यक्रमले विद्यार्थी , शिक्षक ,अभिभावक र विद्यालय सञ्चालकका बिचमा एकाकार विचार निर्माण भइ सस्थाको गुणस्तर बृध्दिमा टेवा पुग्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव भन्नू भयो ।
कमेन्ट गर्नुहोस्