
तिलोत्तमा।रूपन्देहीको तिलोत्तमा नगरपालिका ७ भलवारीमा रहेको लिटिल प्याराडाइज ईग्लिश मिडियम स्कुलले मँगलबार एकैदिन गायन, नृत्य तथा खाना महोत्सव सम्पन्न गरेको छ । विद्यार्थीमाझ अन्तरनिहित क्षमता अभिवृद्दी तथा अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्य सहित आयोजित कार्यक्रममा विद्दार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका सहप्राचार्य मोहन थारूले जानकारी दिए ।
उनका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले आ-आफ्ना आमा अभिभावकहरूसँगै विभिन्न गीतसँगीतमा नृत्यकलामा प्रस्तुति दिएका थिए। यसैगरि गायनतर्फ पनि कक्षा १ देखि ४ सम्मका विद्यार्थीले प्रतियोगितात्मक रूपमा सहभागिता जनाएका थिए । यसैगरि कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरूले खाना महोत्सव मार्फत पाककलामा समेत आफुलाई निखार्ने कोशिश गरेका छन ।
विद्यालय हाता भित्रै विद्यार्थीहरूले खानाका विभिन्न परिकारहरू बनाएर स्टल लगाएर शिक्षक, अभिभावक तथा आफ्नै समकक्षी विद्यार्थीहरूलाई मिठा मिठा परिकार बिक्री वितरण गरेको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिए ।गायन तथा नृत्य तर्फको कार्यक्रम अभिभावक संझना थापा तथा शिक्षक गीता पन्थिले संयुक्त रूपमा सन्चालन गरेको कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्