
तिलोत्तमा,फागुन ८ गते २०८१।शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । मुलुकमा राजनीतिक अस्थिरता कायमै रहेकोले शिक्षा क्षेत्रको उल्लेख्य विकासका लागी ३ तह कै सरकारले विशेष चासो दिनुपर्ने बक्ताहरुको धारणा छ । प्रजातन्त्र दिवसको दिन नमुना इग्लिँश बोर्डिँग स्कुल तिलोत्तमा-१० बेवरीको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले शिक्षामा गुणस्तरीयता बढाउन सीप र प्रविधि अगाल्नुपर्ने बताउनुभयो । वहाँले तिलोत्तमा नगरपालिकाले निजि तथा सामुदायिक विद्यालय बीच कुनै विभेद नगरेको भन्दै सँस्थागत विद्यालयको ग्यारेन्टी स्थानीय सरकारले लिने बताउनुभयो ।
वहाँले विद्यालय क्षेत्रमा हुने अवान्छित कृयाकलाप रोक्न नगर सरकार सदैव तयार रहेको बताउनुभयो । विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य कमल कोइरालाले विद्यालयको प्रगति लोभलाग्दो र उत्कृष्ट रहेको बताउनुभयो । स्थानीय स्तरमा रहेर उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयसँग दर्जनौँ योजना रहेको र सोही अनुरुप शिक्षण अभ्यास भैरहेको भन्दै नाम अनुरुप नमुना बोर्डिँगले नमुना योग्य विद्यालयको रुपमा अघि बढिरहेको बताउनुभयो । विद्यालयका अध्यक्ष कुम बहादुर बयाम्बुको अध्यक्षता रहेको वार्षिकोत्सव समारोहमा विद्यालयले उत्कृष्ट शिक्षक, विद्यार्थी र कर्मचारी, लगायतलाई सम्मान गरेको छ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न-१० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थि, सदस्य खेमेन्द्र राना, लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेल, समाजसेवी कृष्ण प्रसाद पौडेल, रोटरी क्लव अफ भैरहवाका अध्यक्ष राम प्रसाद पन्थी, प्याब्सन तिलोत्तमा अध्यक्ष दीपक गौतम, विभिन्न टोल विकास समिति तथा सन्जालका अध्यक्षहरु, आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, तथा गीत सँगीत आदि मा आफनो प्रस्तुति दिएका थिए । विद्यालयका सन्चालक तथा सदस्य भीमार्जुन पोख्रेलले स्वागत र शिक्षक नारायणी काफ्ले, विद्यार्थीहरु प्रयास खड्का र अन्शु बरालले सँयुक्त रुपमा कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्