लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू इन्भाइरन्मन्टको वार्षिकोत्सव कार्यक्रम जारी तीन चरणमा वार्षिकोत्सव तथा अभिभावक दिवस

IMG

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । बिल्कुलै फरक तथा नौलो ढङ्गमा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्ने विद्यालयको योजना अनुरूप शुक्रबार कक्षा ११ र १२ को वार्षिकोत्सव सम्पन्न भएको हो ।शनिबार माघ १९ गते कक्षा ५ देखि १० कक्षासम्मको वार्षिकोत्सव राखिएको प्रधानाध्यापक मधुप्रकाश ज्ञवालीले जानकारी दिए । कक्षा ११ र १२ का विद्यार्थी, शिक्षक, अभिभावक एवं अतिथिहरूको सहभागितामा शुक्रबारको कार्यक्रम बिहान ७ बजेदेखि १० बजेसम्म आयोजना गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल वनको अध्यक्षता, कक्षा ११÷ १२ संयोजक शान्ता भुसालको  स्वागत र कक्षा १२ का छात्रा भूमिका पाण्डेको सञ्चालनमा  भएको कार्यक्रममा विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले प्रतिवेदन प्रस्तुत गरेका थिए।सहप्राचार्य ध्रुव खरेलको संयोजनमा रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, नेपाली विषय शिक्षक वासुदेव गौतम लगायतले मन्तव्य दिएका थिए ।


विद्यार्थीहरूका विभिन्न सांस्कृतिक नृत्य, गीत, मन्तव्य, कविता प्रस्तुत गरिएको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत निकिता कार्की र चित्रबहादुर गाहालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।सभाध्यक्ष नेत्रलाल वनले विद्यार्थीमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन तीन चरणमा वार्षिकोत्सव तथा अभिभावक दिवस आयोजना गरिएको र यो बिल्कुलै नौलो भएको बताए ।

कमेन्ट गर्नुहोस्