
तिलोत्तमा,माघ १८। रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरस्थित पामीर इन्टरनेशनल एकेडेमीकोे १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले सर्वसुलभ, प्रविधिमैत्री तथा जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन । वक्ताहरुले पामीर इन्टरनेशनल एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको प्रगति साच्चिकै लोभलाग्दो रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत शैलीको ज्ञानले नपुग्ने औल्याएका छन ।
विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न २ का अध्यक्ष डिलबहादुर भटटराईले शिक्षा नितिलाई कस्तो र कसरी अगाढी बढाउने भन्ने कुरा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको हातमा रहने बताए । उनले परम्परागत भन्दा पनि आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने भन्दै त्यसमा पामीर एकेडेमी शत प्रतिशत सफल देखिएको भन्दै प्रशँशा गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन चापागाईले अध्यक्षको प्रतिबेदन पेश गर्दै उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयले नयाँ, नौला र परिणाममुखी अभ्यासहरु गरिरहेको जानकारी गराए । उनले सँस्थागत विद्यालयहरुको माझ पामीर आफैमा नमुना विद्यालयको रुपमा स्थापित भएको बताए । विद्यालयका प्राचार्य गोपाल गौतमले विधालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा अक्षयकोषदाता रामबाबु खढ्का, विद्यालयमा कार्यरत तथा ५ बर्षभन्दा बढी समय ब्यतित गरेका शिक्षक, शिक्षिका र कर्मचारी सँगै उत्कृष्ट अँक ल्याउने विद्यार्थीहरु, समाजसेवीहरु, जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले नृत्य, प्रहसन, नाटक तथा गीत सँगीत आदिमा प्रस्तुति दिएका थिए । विद्यालयका प्राचार्य गोपाल गौतमले स्वागत मन्तब्य र विद्यालयका शिक्षक केशव खनालले कार्यक्रमको सन्चालन गरेका थिए ।
कमेन्ट गर्नुहोस्